काठमाडौं- नेपाली बजारमा सोमबार सुन तोलामा १ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ४ सय रूपैयाँ कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९३ हजार ९ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी स्थिर रहेर प्रतितोला १ हजार १५५ रूपैयाँमा कारोबार भएको छ ।
आइतबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९ ११:३४