काठमाडौं- शेयर बजारमा हरियाली छाएको छ । साताको दोस्रो कारोबार दिन सोमबार पनि बजार ५४.४५ अंकले वृद्धि भएको हो । नेप्से परिसूचक पनि २१३२.९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । सोमबार सबै समूहहरू हरियाली बनेका छन् ।
उक्त दिन कारोबार रकम पनि बढेको छ । उक्त दिन ४ अर्ब १० करोड ६८ लाख १८ हजार रूपैयाँ बराबरको शेयर खरिदिबिक्री भएको छ । उक्त दिन सबैभन्दा बढी शिवम् सिमेन्टको शेयर कारोबार भएको छ ।
सोमबार कम्पनीको १५ करोड २९ लाख २५ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको अरूण कावेली पावरको १४ करोड ५१ लाख १५ हजार रूपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
यस्तै उक्त दिन नेपाल टेलिकमको ११ करोड ५१ लाख ७ हजार, हिमालयन डिस्टीलरीको ११ करोड ४९ लाख ८४ हजार र अपर तामाकोशीको १० करोड ६० लाख ३१ हजार रूपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।