काठमाडौं- मुलुकमा दुई हप्ता अघिदेखि कोभिड संक्रमण पुनः वृद्धि भइरहेको छ । मुलुकवासीले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै सो संक्रमणका बिरामी थप बढ्दै गइरहेका हुन् ।
बाग्मती प्रदेशभित्र कोभिडका बिरामीको संख्या उच्च देखिएको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा।चुमनलाल दासले बताए । उनले भने, ‘यस संक्रमणका बिरामी बाग्मती प्रदेशका १३ जिल्लामध्ये काठमाडौं उपत्यकामा उच्च रहेका छ ।’
प्रदेश नं(१ मोरङमा पनि कोभिडका बिरामी बढ्दै गइरहेकाले महामारीलाई मध्येनजर गरी भीडभाड नगर्न तथा सभा अनि सम्मेलन एवम् गोष्ठीमा भाग नलिनाका साथै स्वास्थ्य मापदण्ड पालना गर्न मुलुकवासीलाई दासले अनुरोध गरे ।
मुलुकमा कोभिडका बिरामी बढेसँगै आफूहरूले उक्त महामारी निदानका लागि २ हजार ८०० को हाराहारीमा आइसियू तथा १ हजार २७ भेन्टिलेटर एवम् १५ हजार अक्सिजन सिलिण्डरका साथै १३२ अक्सिजन प्लान्टको जोहो गरिसकेको दासले जानकारी दिए ।
‘कोभिड कारण आर्थिक हानी मात्रै होइन् ज्यान जाने र केही मुलुकवासीमा मानसिक समस्या देखिएको छ, मुलुकवासी ४३ प्रतिशतमा डिप्रेशन तथा ३३ प्रतिशतमा चिन्ता र २९ प्रतिशत विद्यार्थीमा भने बढी निन्द्रा लाग्ने समस्या भेटिइरहेको छ’, उनले भने ।
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९ १६:४९