काठमाडौं- देशभर गरिएको ३ हजार ८४ पिसिआर परीक्षणका क्रममा ४ सय ५३ जना र १ हजार ७ सय १६ एन्टिजेन परीक्षणका क्रममा १ सय १५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। कोभिडका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप ९५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ५ सय ८४ जना कोभिड मुक्त भएका छन् ।
हाल नेपालमा ३ हजार ५ सय ३४ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।