काठमाडाैं - सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्माण, निर्देशन र अभिनयमा सक्रिय केसीलाई दुई वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
केसीले सय भन्दा बढी चलचित्रमा काम गरिसकेका छन भने यसअघि गायन क्षेत्रमा पनि उत्तिकै सक्रिय भएका थिए ।
चलचित्र विकास बोर्डको अध्यक्षकाे पदमा केसीसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल थिए ।
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९ ०८:२१