एजेन्सी- टेस्लाका सीईओ एलोन मस्कले गुगलका सह–संस्थापक सर्गेई ब्रिनकी श्रीमती निकोल शानाहानसँग अफेयर रहेको आरोप लागेको मिडिया रिपोर्टको खण्डन गरेका छन्।
ट्विटरमा पोस्ट गरिएको लिङ्कको जवाफ दिँदै, मस्कले ‘बुलसिट’ भनेका छन् । सर्गेई र म साथी हौं र हिजो राती सँगै पार्टीमा थियौं, मस्कले ट्वीटमा भनेका छन् ।
मस्कले सर्गेई ब्रिनकी पत्नीलाई तीन वर्षमा दुई पटक अन्य व्यक्तिहरूको उपस्थितिमा भटेको र आफुहरुबिच रोमान्टिक केही पनि नभएको समेत उलेख गरेका छन् ।
‘मैले निकोललाई तीन वर्षमा दुई पटक मात्रै देखेको छु, दुबै पटक वरपरका धेरै मानिसहरूसँग। हामी बिच केही रोमान्टिक छैन,’ उनले भने।
मस्क आफ्नो बारेमा यस्ता आरोपहरू पढेपछि मिडियाबाट स्पष्ट रूपमा निराश रहेका छन् ।
केही साताअघिमात्र अनलाइनमा एलोन मस्कले नोभेम्बर २०२१ मा मस्कको कम्पनी न्यूरालिङ्कका कार्यकारी शिवोन जिलिससँग गोप्य रूपमा जुम्ल्याहा बच्चा जन्माएको बताएको थियो।
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९ ११:२८