लमजुङ-अविरल वर्षासँगै आएको बाढीपहिरोले अवरूद्ध भएको डुम्रे-बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।
देउरालीडाँडामा पहिरोले अवरूद्ध उक्त सडकअन्तर्गत बेँसीशहर नगरपालिका-१ रिठ्ठेबगरमा पहिरो हटाएपछि आज बिहानदेखि यातायात सञ्चालन भएको हो ।
शुक्रबार रातिदेखि पहिरोले उक्त सडक अवरूद्ध भएको थियो । नेपाली सेनाको श्रीजङग गण, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोड्ने उक्त सडक ढुंगा माटोसहितको लेदोका कारण अवरूद्ध भएको थियो ।
पहिरो हटाएसँगै दुई दिनदेखि थन्किएका सवारीसाधन सञ्चालनमा आएको सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९ १२:२०