एजेन्सी-अमेरिकी गायिका,अभिनेत्री तथा डान्सर जेनिफर लोपेज भरखरै मात्र ५३ वर्षमा प्रवेश गरेकी छन् । लोपेजले आफनो जन्मदिनमा ‘जीलो बडी र जीलो ब्युटी’ नामक ब्युटी प्रोडक्ट लन्च समेत गरेकी छन् ।
उनले उक्त ब्युटी प्रोडक्टका लागि केही न्युड फोटोसुट समेत गराएकी छन् । उनको त्यस प्रोडक्ट प्रचार गर्नको लागि खिचिएको तस्विरलाई उनले इन्स्टाग्राममा पोस्ट गरेकी छन् जुन अहिले चर्चाको विषय बनेको छ ।
लोपेजले आफ्नो न्यूजलेटरमा पहिलो पटक ब्रान्डहरू घोषणा गर्दै त्यस उत्पादनको वर्णन समेत गरेकी छन् । उनका अनुसार बुटी, हिप्स र तिघ्रा जस्ता क्षेत्रहरूमा छालाको उपस्थितिलाई बलियो बनाउन क्रीमको प्रयोग आवश्यक रहेको छ ।
“हामी यो सबै हेरचाह र ध्यान हाम्रो अनुहारको छालामा दिन्छौं, तर कहिलेकाहीँ हामी शरीरलाई बेवास्ता गर्छौं। शरीरको विशिष्ट र अद्वितीय आवश्यकताहरू सम्बोधन गर्न स्किनकेयर दिनचर्या सिर्जना गर्नु मेरो लागि महत्त्वपूर्ण थियो, र हामीले बुटिबाट सुरु गर्यौं ” लोपेजले भिडियोको एक क्याप्सन दिएकी छन् ।
उनले म्याक्सिमसँगको अन्तर्वातामा भेनेकी छन् । ‘म म उमेरको छु, तर म पहिले भन्दा अचम्मको र खुसी महसुस गर्छु । मलाई लाग्छ कि म अहिले मेरो हाफटाइममा छु र भर्खरै मेरो जीवनको सुरु गर्दैछु जस्तो लागेको छ।’
लोपेजले लस भेगासमा बेन एफ्लेकसँग एक हप्ता अघिमात्र विवाह गरेकी हुन् । ‘हामीले माया गर्यो। माया सुन्दर छ। माया दयालु छ। र धैर्य पनि छ।’ उनले भने । लोपेज र एफ्लेकले यसअघि सन् २००० को शुरुमा इन्गेजमेन्ट गरेका थिए।