काठमाडाैं - सिद्घार्थ बैंकका ग्राहकहरुलाई नोभा अस्पतालमाl विशेष छुट दिने भएकाे छ । सिद्घार्थ बैंक लिमिटेड र धनगढी स्थित नोभा अस्पताल प्रा. लि. बीच बैंकका ग्राहकहरुलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हाे ।
उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सुदुरपश्चिम प्रदेश प्रमुख श्री पवन चन्द्र अधिकारी तथा नोभा अस्पताल प्रा. लि. का तर्फबाट प्रशासन अधिकारी श्रीमती सुमन भट्ट पनेरुले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले नोभा अस्पताल प्रा. लि. मा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ, इन्टरनेट बैैंकिङमार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा २०५ सम्मको छुट प्राप्त गर्न सक्ने जनाइएकाे छ ।
यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बैंककाे दाबी छ ।
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९ १७:००