चुलिँदै गएको व्यापार घाटाले मुलुकको अर्थतन्त्रलाई धराशायी बनाउँदै लगेको छ । मुलुकमा उत्पादनमुलक उद्योगहरुको विस्तार अपेक्षाकृतरुपमा हुन नसक्दा आयातमै परनिर्भर हुनुपरेको छ । नँनदेखि सुनसम्म, सियोदेखि फलामसम्म विदेशबाटै आयात भइरहेको छ । नेपालीको भान्सामा पाक्ने अधिकांश तरकारी र खाद्यपदार्थ पनि आयातमै निर्भर छ । पेट्रोलियम पदार्थको आयात त नेपालको लागि निर्विकल्प नै छ । यद्यपि, यसको खपत कम गरी विद्युतीय सामग्री प्रयोग गर्न सरकारले अभियान चलाइरहेको छ ।
सरकारले आयातलाई प्रतिस्थापन गर्न भन्दै विभिन्न योजनाहरु अघि सारे पनि प्रभावकारी देखिएको छैन । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकमा गत आर्थिक वर्ष मुलुकको व्यापार घाटा २३ प्रतिशतले बढेको देखाएको छ । आयातको तुलनामा निर्यात न्यँन हुँदा व्यापार घाटा चुलिएको हो । आयात निरन्तर बढ्दै जाँदा मुलुकको अर्थतन्त्रमा चुनौती थपिँदै गएको छ । विशेषगरी विदेशी मुद्रा सञ्चितिमा ठँलो दबाब परेको छ ।
विभागको प्रतिवेदनअनुसार गत आवमा मुलुकको व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २३ प्रतिशतले बढेको यो आँकडा हालसम्मकै उच्च हो । आव २०७७÷७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख रुपैयाँ बराबर थियो ।विभागका अनुसार एक वर्षको अवधिमा नेपालले २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । यो अघिल्लो आर्थिक वर्षकोे तुुलनामा २६.१५ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्ष नेपालले १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।गत आवको १२ महिनामा नेपालमा हुने आयात २४.७२ प्रतिशतले बढेको छ । उक्त अवधिमा कँल १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको हो । विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । अर्कोतर्फ नेपालबाट हुने निर्यात ४१.७४ प्रतिशतले बढे पनि आयातको तुलनामा निकै न्यँन रहेको छ । गत आवमा कँल दुई खर्ब तीन करोड नौ लाख रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
नेपालको अन्तर्राष्ट्रिय व्यापार विश्वका कँल १७१ मुलुकसँग हुने गरेको छ । तीमध्ये १६४ मुलुकबाट नेपालले वस्तु तथा सेवा आयात गर्ने गरेको पाइएको छ । यसैगरी नेपालबाट १३१ मुलुकमा वस्तु तथा सेवा निर्यात हुन्छ । नेपालको व्यापार हुने १७१ देशमध्ये १४० देशसँगको व्यापार घाटामा रहेको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।
गत आर्थिक वर्षमा नेपालले धेरै व्यापार घाटा व्यहोरेको १० मुलुकको सँचीमा दुई छिमेकी मुलुक भारत र चीनसहित क्रमशः इण्डोनेसिया, युएई, अर्जेन्टिना, अमेरिका, अस्ट्रेलिया, युक्रेन, मलेसिया र ब्राजिल रहेका छन् । यी १० देशसँग मात्र नेपालको व्यापार घाटा १५ खर्ब ६७ अर्ब १५ करोड ४७ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । यो उक्त आवमा भएको कँल व्यापार घाटाको ९१ प्रतिशत हो ।
भारतसँगको व्यापार घाटा सबैभन्दा धेरै रहेको छ । कँल व्यापार घाटामा भारतले ओगट्ने हिस्सा करिब ६१ प्रतिशत छ । पेट्रोलियम पदार्थसहित अधिकांश वस्तु भारतबाट आयात हुने भएकोले घाटामा भारतको हिस्सा बढी हुन पुगेको हो । नेपालले सबैभन्दा धेरै आयात गर्ने वस्तुमा पेट्रोलियम पदार्थ रहेको छ, जुन भारतबाट मात्र आयात हुन्छ । यसबाहेक खाद्यसामग्री, सवारीसाधन, निर्माण सामग्रीलगायत अधिकांश माल वस्तु भारतसँगै निर्भर रहनुपर्ने बाध्यता नेपालको छ ।
यसरी व्यापार घाटा बर्सेनि बढ्दै जानु ठँलो चिन्ताको विषय हो । आयात प्रतिस्थापन गरी घाटा न्यँनीकरण गर्ने नीति अब भाषण र कागजमा मात्रै होइन, व्यवहारमा कडाइका साथ लागँ गर्नुपर्छ । अन्यथा मुलुकले ठँलो आर्थिक दुर्घटना बेहोर्नुपर्ने निश्चित छ । यसतर्फ सरकार र सरोकारवाला सबैको ध्यान जाओस् ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९ ०९:३३