एजेन्सी-अमेरिकी राष्टपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए-५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरुलाई आग्रह गरेको छ ।
उनले भने, ‘अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र देशव्यापी रुपमा नै विस्तार भइरहेको छ, त्यसैले यसबाट बच्नका लागि सबैले सतर्कता अपनाउन जरुरी छ ।’
उनले यस भेरियन्टबाट सङ्क्रमित भएको बताएको छ । उनले भने – यो ‘बिए-५’ नयाँ भेरियन्टबाट म संक्रमित हुन पुगेँ, म मात्र होइन अमेरिकीहरु पनि यो यो सङ्क्रमणबाट सङ्क्रमित भएका छन् र हामी अमेरिकी मात्र नभएर संसारकै नागरिकमा यो सङ्क्रमण फैलिएको छ ।
उनले बच्नका लागि जनस्वस्थ्यका मापदण्डहरु अपनाउन आग्रह गरेको छ । उनले सबै अमेरिकी नागरिकहरुलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्क लगाउन पनि भनेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९ १३:४२