काठमाडौं-घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसीप फुटबलमा नेपाल सहज समूहमा परेको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह बिभाजन गर्दा नेपाल समूह ‘बी’मा रहेको परेको हो । यस समूहमा नेपालसहित श्रीलंका र भुटान छन् ।
यस्तै समूह ‘ए’ मा साबिक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् । २१ भदौदेखि ३ असोजसम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा सात देशको सहभागिता रहनेछ ।
साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले ५८ महिला खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका छन् ।
[caption id="attachment_37000" align="alignnone" width="1200"]
Football.[/caption]