काठमाडौं–सवारी दुर्घटनामा परेका नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सभासद् एवं प्रभातफेरी साप्ताहिकका प्रधान सम्पादक प्रह्लाद शर्मा हुमागाँईलाई पत्रकार दुर्घटना बीमा रुकम उपलब्ध गराइएको छ ।
महासंघमा भएको एक अनौपचारीक कार्यक्रममा महासंघका उपाध्यक्ष विपुल पोख्रेलले हुमागाँईकी श्रीमती तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखा उपाध्यक्ष राज्यलक्ष्मी श्रेष्ठलाई ७५,३३३ (पचहत्तर हजार तीनसय तेतिस रूपैयाँको) चेक
हस्तान्तरण गरे ।
पत्रकार हुमागाँई मंसिर ९ गते पनौती ४ बाट बनेपातर्फ आउँदै गर्दा सवारी दुर्घटनामा परी टाउको गम्भीर चोट लागि सिर मेमोरियल काभ्रे र नर्भिक
अस्पतालमा १४ दिन उपचार पश्चात
हाल काभ्रेस्थित घरमा स्वास्थ्य लाभ गरिरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६ ०८:०८