काठमाडौं–नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले सरकारले लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरेको आरोप लगाएका छन् ।
बिहीबार नेपाल विद्यार्थी संघले आयोजना गरेको विरोध कार्यक्रममा संविधान विरोधी विधेयक ल्याएर सरकारले लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गर्न खोजेको बताए । उनले संर्घषको बलिदान खोसिन खोज्दैछ भन्दै सचेत समेत गराए । उनले भने, ‘सरकारका कारण लामो संघर्ष र बलिदानबाट प्राप्त अधिकार खोसिन थालेको छ’ उनले सरकारले लोकतान्त्रिक मुलुक भएपनि जनताको वाक तथा प्रकाशन अधिकार माथी हस्तक्षेप गर्न खोजेको आरोप लगाए । उनले भने,
‘लोकतान्त्रिक अधिकार खोसिदै छन् । जनताका अभिव्यक्ति स्वतन्त्रता खोसिने विधेयक आएका छन् ।’
नेता जोशीले सूचना विधेयक फिर्ता नभए त्यो सरकारकै लागि समेत प्रतिउत्पादक हुने बताए । उनले सरकारले विधेयक ल्याएर जनतालाई जिस्क्याउन खोजिएको छ भन्दै भने, ‘विधेयकको नागरिकको अधिकार खोसिनेहरू स्वयं नासिनेछन् । प्रधानमन्त्रीले काम गरेर जवाफ दिने हिम्मत गर्नुभएन, सामाजिक सञ्जालमा आएको आफूमाथि हुने टिप्पणीलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोज्नुभयो ।’
कांग्रेसका युवा नेता गगन थापाले सूचना प्रविधि विधेयक अहिलेको अवस्थामा परित भए सरकारका अरिङ्गाल बाहेक कोही बाँकी नरहने दाबी गरे । उनले भने, ‘विधेयक जस्ताको तस्तै पारित भयो सरकारका अरिङ्गाल बाहेक कोही बाँकी रहँदैनन् ।’ उनले भने, ‘नेकपा र अखिलका साथीहरूले बुझे हुन्छ यस्तै भइरहे भीम रावल र रामकुमारी झाँक्री पनि पक्राउ पर्छन्’ । उनले सूचना प्रविधि विधेयकमाथि सडकदेखि सदनसम्म छलफलगर्न आफुहरू तयार रहेको बताए । उनले भने, ‘सूचना प्रविधि विधेयकमाथि सडकदेखि सदनसम्म छलफल हामी तयार छौँ ।’
कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडललले नागरिकको अधिकार रक्षाका लागि संसदमा सडकको साथ आवश्यक रहेको बताए । उनले भने, ‘नागरिकको अधिकार रक्षाका लागि संसदले मात्र हुँदैन, सडकको साथ पनि आवश्यक छ ।’