काठमाडौं- नेपाली बजारमा आइतबार सुन तोलामा २ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रूपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९५ हजार ३ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा १० रूपैयाँले बढेर प्रतितोला १ हजार २३० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २२० रूपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९ ११:३९