काठमाडौं-चर्चित पप गायिका शकिरालाई कर छलीको अभियोगमा ८ वर्ष जेल सजायको मावदाबी भएको छ । अभियोजनकर्ताले यस मुद्दामा उनीमाथि आठ वर्षको जेल सजाय र ३४ मिलियन युरो क्षतिपूर्तिको गरेको छ ।
शकिराले सन् २०१२ देखि २०१४ सम्म शकिराले १४.५ मिलियन कर छली गरेको आरोप सहितको मुद्दा अहिले अदालतमा पुगेको छ । शकिराले मुद्दालाई सुल्झाउने र बन्द गर्ने प्रस्तावलाई अस्वीकार गरेको बीबीसीले जनाएको छ ।
शकिराका प्रतिनिधिले एक बयान जारी गर्दै भनेका छन्, ‘उनी आफू निर्दोष हुने कुरामा पूर्ण विश्वस्त छिन् र यो मुद्दालाई उनी आफ्नो अधिकार उल्लंघनको रुपमा हेर्छिन् ।’
सन् २०१८ मै उनलाई कर छलीको अभियोग लगाइएको थियो । सन् २०१२ देखि २०१४ मा स्पेन बसेकी उनले आफ्नो निजी निवासलाई कतै स्थानान्तरणको प्रयास गरेकी थिइन् ।
स्पेनमा ६ वर्षभन्दा बढी समय बिताउने बासिन्दालाई कर प्रयोजनका लागि योग्य मानिने कानुन छ । तर उक्त समयमा आफू स्पेनमा त्यति धेरै समय बसोबास नगरेको शकिराले दाबी गरेकी छन् ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९ १२:१७