काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनस् अर्थमन्त्री बन्ने भएका छन् ।
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट एक नेताका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको जनाइएको छ ।
शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यालयले तय गर्ने उनको भनाइ छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि शर्माले असार २२ गते अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।
त्यसपछि उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो । समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाउँदै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको निष्कर्ष निकालेको थियो ।