नुवाकोट–समुदाय–प्रहरी साझेदारी जिल्ला समिति नुवाकोटको आयोजनामा समुदाय–प्रहरी साझेदारी जिल्ला स्तरीय समीक्षा कार्यक्रम जिल्ला प्रशासन कार्यालय नुवाकोटको सभाहलमा बुधबार सम्पन्न भएको छ ।
उक्त अवसरमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम संचालनमा पुर्याएको योगदानको कदर स्वरूप जिल्लाका बाह्रैवटा स्थानीय तहका प्रमुखहरूलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको हस्ताक्षर सहितको प्रशंसापत्र वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको बताए ।
कार्यक्रममा नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा यस्ता कार्यक्रममा सहयोग गर्नका लागि जिल्ला प्रशासन कार्यालय तयार रहने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६ ०८:२४