काठमाडाैं- सानिमा बैंकको मोबाइल बैंकिङ एप चलाउन निःशुल्क इन्टरनेट सेवा ल्याएको छ।
सानिमा बैंकले डिजिटल बैंकिङको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न यो सेवा ल्याएको हो ।
सानिमा बैंकले आफना ग्राहकहरुलाई “No Data, No Problem” योजना अन्तर्गत मोबाइल बैंकिङ सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ ।
यस योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाईने जनाइएकाे छ ।
मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले एपमा रहेका सबै सेवाहरु जस्तै फन्ड ट्रान्सफर, बिल भुक्तानी, QR Code भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असिमित निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न पाउनेछन् । यो योजना १ अगष्ट, २०२२ देखि लागू भएको बैंकले जनाएकाे छ ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९ २०:५२