काठमाडौं- नेपाली बजारमा सोमबार सुन तोलामा ४ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रूपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा १० रूपैयाँ घटेर प्रतितोला १ हजार २२० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार २३० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९ ११:४२