काठमाडौं-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७५३ वटै स्थानीय तहलाई शिक्षक नियुक्ति नगर्न सार्वजनिक सूचना जारी गरेको छ ।
केन्द्रले आइतबार सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७९/८०को ब.उ.शि.नं। ३५००१८०१ विद्यालय शिक्षा क्षेत्र योजनातर्फ सशर्त अनुदानको रूपमा वित्तीय हस्तान्तरण भई स्थानीय तहमार्फत कार्यान्वयन हुने गरी कार्यक्रम स्वीकृत भइसकेको हुँदा शिक्षक नियुक्ति नगर्न सूचित गरेको हो ।
‘उक्त स्वीकृत कार्यक्रमतर्फको क्रियाकलाप नं २.७.१३.४० माध्यमिक तह कक्षा ९९–१०० मा अंग्रेजी, गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान र क्रियाकलाप नं २.७.१३.४१ आधारभूत तह कक्षा ९६–८० मा अंग्रेजी, गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान शीर्षकको कार्यक्रममा अर्को व्यवस्था नभएसम्मका लागि गत आ।व। २०७८/७९ को स्वीकृत बजेट र अनुदान कोटाभन्दा बढी शिक्षक नियुक्ति नगर्नु, नगराउनु हुन केन्द्रको मिति २०७९/०४/१५ को निर्णय अनुसार अनुरोध छ,’ सूचनामा भनिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९ १२:५४