काठमाडौं- नेकपा एमालेले मुलुकमा महँगी, भ्रष्टाचार विरुद्ध उपत्यकामा जनप्रदर्शन गरेको छ ।
नेकपा एमालेले गतिविधि बढेको भन्दै सोको विरोधमा काठमाडौं उपत्यकाभित्र विभिन्न स्थानबाट वृहत जनप्रदर्शन गरेको छ ।
जनप्रदर्शन दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमूढा, असन, भोटाहिटी हुँदै शान्तिबाटिकामा पुगेर समापन गरेका थिए ।
सभालाई महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए । जन प्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका भूगोलका तीन जिल्ला, उपत्यका विशेष प्रदेश र त्यस अन्तर्गतका चार जिल्ला, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रीय विभागको सहभागिता रहेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९ १९:५२