काठमाडौं - नेपाली बजारमा मंगलबार सुन तोलामा २ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ६ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९५ हजार १ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी स्थिर रहेर प्रतितोला १ हजार २२० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २२० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९ ११:२५