दोलखा- दोलखाको गौरीशंकर गाउपालिका-९ का वडा अध्यक्ष ङिमगेलि शेर्पाले यहि बर्ष भित्र आफ्नो वडालाइ छुवाछूत रहित वडा बनाउने बताएका छन। अधिकाङ्स जनजाती समुदायको बाहुल्यता रहेको सो वडामा केहि सङ्ख्यामा दलित समुदायको पनि बसोबास रहि आएको छ ।
दोलखा जिल्लाका अन्य वडामा जातकै कारण मानिस मानिस बिच एकले अर्कालाइ पशुतुल्य ब्यायबहार गर्ने गरेको र कतिपय ठाउँमा ज्यान समेत गएको खबर सुन्दा आफ्नो वडा त जिल्लाकै नमुना लागेको अध्यक्ष शेर्पाले बताए।
हाल वडा भित्र ९८%छुवाछूत अन्त्य भैसकेको र कताकति २ % जति बाकि रहेको र सबै जनसमुदायहरुले साथ र सहयोग गरेको खण्डमा जिल्ला कै नमुना र पहिलो छुवाछूत मुक्त वडा घोषण गर्न सफल हुने उनको भनाइ छ।
आगामी बजेटमा दलितमैत्री योजनालाइ पहिलो प्राथमिकतामा राखेर पुर्ख्यौलि पेशालाइ सरक्षण गर्दै शिक्षा र चेतना प्रति बिकास गरि परम्परागत रुढीबादी सस्कारलाइ अन्त्य गराइ छुवाछूत रहित नमुना योग्य वडा बनाउन आफु आतुर रहेको वडा अध्यक्ष शेर्पाको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९ १४:१५