काठमाडौं-नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९एन(एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ ।
जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो ।
नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो ।
अहिले जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रारत थिए ।