काठमाडाैंं- मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेसँगै एमाले फुरुङ्ग भएकाे छ । बुटवलमा बिहीवार प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावको मिति तय भएकोमा प्रसन्नता प्रकट गरका हुन् ।
‘चुनावको मिति तय भएको छ, हामी खुसी छौँ । तर यस्ता महत्त्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुनुपर्छ ’ उनले भने ,' अब जनताले फैसला गर्नेछन् । चुनावमा हामीले उत्साहपूर्वक सहभागी हुनुछ’। ‘हामीले समयमै चुनाव घोषणा हुनुपर्छ भनेको थियौँ । घोषणा गरेको मितिमा भयरहित वातावरणमा चुनाव सम्पन्न हुनुपर्छ भन्ने नै हाम्रो चाहना हो । त्यस कुरामा हाम्रो सहयोग रहन्छ’, उनले भने । संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै नेम्वाङले हरेक गठबन्धन र तालमेल संसदीय मूल्य मान्यता बमोजिम हुनुपर्नेमा त्यसो हुन नसकेको बताएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९ २०:२६