क्यानर्बेरा–अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा भइरहेको आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताएका छन् । संसद् भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले यो पछिल्लो विवरण सार्वजनिक गरेको हो ।
उनका अनुसार आगलागीका कारण दुई हजार १३१ घर क्षतिग्रस्त भएका छन् भने मृत्यु हुनेको संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ । अष्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रको जङ्गलमा ठूलो आगलागी भएको छ तापक्रम बढेर अत्यधिक गर्मी हुँदै गएको र तातो हावा चलेको अधिकारीले जनाएका छन् ।
‘योभन्दा धेरै क्षति हुन नदिनका लागि हामीले प्रयास जारी राखेका छौँ, विषेश गरेर मृत्यु हुनेको संख्या नबढोस् भन्ने तर्फ हाम्रो विषेश ध्यान रहेको छ,’ प्रधानमन्त्री मोरिसनले भने । उनले आगलागी नियन्त्रण गर्न र थप क्षति हुन नदिन सबैले आ–आफ्नो ठाँउबाट भूमिका खेल्न तथा उद्धारकर्तालाई सहयोग गर्न पनि आग्रह गरेको छ । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलिया सङ्कटमा परेको बेला सहयोग उपलब्ध गराएका सबै सहयोगलाई धन्यवाद ज्ञापन पनि गरेका छन् ।
अष्ट्रेलियामा भइरहेको आगलागीका उत्पन्न धुँवा देशका विभिन्न ठाउँमा फैलिएको छ भने, अन्य मुलुकसम्म पनि पुगेको छ । गत सेप्टेम्बरदेखि सुरु भएको आगलागी अष्ट्रेलियामा अहिले पनि जारी छ । (रासस÷सिन्ह्वा)