काठमाडाैं - विगत डेढ दशक देखी सर्वसाधारणलाई गुणस्तरिय र सुरक्षित सेवा तथा सूविधा दिदै आएको सिटिजन्स बैंकले २०७९, श्रावण २१ गते थप आकर्षक मुद्धती योजना ‘सिटिजन्स चिरायु मुद्धती योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’ खाताको शुभारंभ गरेको छ ।
यी मुद्धती योजनाहरु बैकंका प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेले सौराहा, चितवनमा आयोजित ३ दिने लिडरशीप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ्ग कनक्लेभ भन्ने एक कार्यक्रमका बिच आजको मिति देखिनै आरंभ भएको घोषणा गरेका छन् ।
शाखा प्रबन्धकहरु त्था वरिष्ट व्यवस्थापकहरुलाई चितवनको सौराहमा सम्बोधन गर्दे बैकंका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले यस बैंकलाई अब्बल बनाउने घाोषणा गरे ।
सिटिजन्स चिरायु मुद्धती योजना योजना अन्तर्गत आदरणीय ग्राहकहरूले १३ वर्ष ४ महिना देखि २२ वर्ष १ महिनासम्म मुद्धती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन्।
तथा रेमिटेन्स चिरायु मुद्धती योजना ग्राहकहरूले १२ वर्ष ३ महिना देखि २० बर्ष ३ महिनासम्म मुद्धती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनुहुनेछ ।
यस मुद्धती निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहक महानुभावहरुले यो खाता बैंकको कुनै पनि शाखा मार्फत न्युनतम पचास हजार मौज्दातमा खोल्न पाउनुहुनेछ । यस मुद्धती निक्षेप योजनाबाट बैंकका व्यक्तिगत, एवं रेमिटेन्स ग्राहक महानुभावहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९ ०८:१७