काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहेर प्रतितोला ९६ हजार ३ रूपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुनपनि स्थिर रहेको छ । आइतबार प्रतितोला ९५ हजार ८ सय रूपैयाँमा कारोबार भएको तेजावी सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज चाँदी स्थिर रहेर प्रतितोला १ हजार २०५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।