काठमाडौं- मदन पुरस्कार २०७८ का लागि ८ वटा पुस्तक छानिएका छन्। मदन पुरस्कार गुठीले सोमबार ८ वटा पुस्तकको सूची सार्वजनिक गरेको हो।
सूचीमा नवराज लम्सालको अग्नि, दामोदर पुडासैनी ‘किशोर’को ग्रीष्मको निलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, नयनाथ पौडेलको लिच्छवि लिपि, निलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत(नेपाली शब्दकोश, सुजित मैनालीको सतीस् इतिहास र मीमांसा र पद्मसुन्दर जोशीको हिति प्रणाली छन्।
गुठीमा प्राप्त भएका २१० किताबबाट यो सूची बनाइएको हो। यी मध्ये एकलाई २०७८ को मदन पुरस्कार दिइनेछ।