काठमाडौं– बुटवल पावर कम्पनी लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७५÷७६को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरणहरू, आ.व. २०७५÷७६को खुदमुनाफा तथा संचित मुनाफाबाट शेयरधनीलाई चुक्तापूँजीको १८ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर वितरण गर्ने, आ.व. २०७६÷७७ का लागि लेखापरीक्षक नियुक्तलगायतका प्रस्ताव पारित गरेको छ ।
कम्पनीले कम्पनीले मस्र्याङ्दी नदीमा चिनिया साझेदारहरूसँग मिलेर निर्माण गर्न गईरहेको तीन जलविद्युत आयोजनाहरू मनाङ मस्र्याङ्दी जल विद्युत आयोजना, तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत आयोजना, ३२७ मे.वा.को माथिल्लो मस्र्याङ्दी दोश्रो जलविद्युत आयोजना निर्माणका लागि सभाले मार्ग प्रशस्त गरेको छ । जस अनुसार मनाङ मस्र्याङ्दी जलविद्युत आयोजनाको २० प्रतिशत शेयर स्वामित्व आफ्नो नाममा कायम राखीबाँकी शेयरहरू चिनिया साझेदारलाई बिक्री हस्तान्तरण गर्न तथा आफ्नो नाममा २० प्रतिशत शेयर स्वामित्व रहनेगरी निर्माण कार्य अघि बढाइनेलगायतका प्रस्ताव पारित गरेको छ ।