काठमाडौं- नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँको बिल मंगलबार बिक्री गर्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय कम्पनीहरु तथा व्यक्तिगत फर्म कम्पनी लगायतलाई बिल खरिदका लागि बैंकले अनलाइन आवेदन खुल्ला गरेको छ ।बोलकबोल ट्रेजरी बिलको बिक्री हुने बैंकले जनाएकाे छ ।
२०७९ साउन २४ मा जारी हुने ट्रेजरी बिल कात्तिक २२ गते परिपक्क हुने बैंकले जनाएको छ । यसअघि बैंकले दुईपटक गरी २५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल खरिद गरिसकेको छ ।
पहिलो पटक १५ अर्ब १० करोड बिल बिक्री गरेको बैंकले अधिकतम् १२ प्रतिशत ब्याजदर प्रदान गरेको थियो भने पछिल्लोपटक १० अर्ब १० करोड जारी गरेकोमा बैंक तथा वित्तीय संस्थाहरुले मनलाग्दी ब्याजदर अफर गरेको भन्दै राष्ट्र बैंक आफैले राखेको थियो ।
सरकारले राष्ट्र बैंकमार्फत ट्रेजरी बिल जारी गरेर अल्पकालीन आन्तरिक ऋण उठाउने गरेकाे छ ।
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९ १९:४०