जनकपुर – जानकी फाइनान्स कम्पनी लिमिटेड, जनकपुरधामको २३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष रघुनाथप्रसाद साहको सभापतित्वमा सम्पन्न साधारणसभाले आ.ब. २०७५÷७६ को सञ्चालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तको वासलात तथा आ.ब. २०७५÷७६ को नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू, चुक्तापूँजीको १.१६ प्रतिशत नगद लांभाश बोनस शेयर कर प्रयोजनको लागि, आ.ब. २०७६÷७७ को हरहिसाव लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती गर्ने, चुक्तापूँजीको २२.० प्रतिशत लांभाशको रूपमा बोनस शेयर दिनेलगायतका प्रस्ताव पारित गरेको छ । साथै सभाले वित्तीय संस्थाको कारोबार ३ जिल्लाबाट बिस्तार गरी प्रदेश नं.२ को ८ वटै जिल्ला कायम गर्ने र जानकी फाइनान्स कम्पनी लि. र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा बैदेशिक रणनीतिक साझेदारीमा जानको लागि चल अचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रकृया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्तावहरू पारित गरेको छ ।