काठमाडौं - चिकित्सा शिक्षा आयोगले डेढ अर्ब दियाे छात्रवृत्तिअनुदान दिएकाे छ ।
चिकित्सा शिक्षा आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा २०७७ देखि ०७९ सम्म चिकित्सा शिक्षाको स्नातक तह एमबीबीएस, नर्सिङलगायतमा छात्रवृत्तिबापत डेढ अर्ब रुपैयाँ अनुदान बजेट विवरण सार्वजनिक गरेको हो ।
शैक्षिक सत्र २०७६र२०७७ देखि ०७९र८० सम्मका लागि १८ वटा शिक्षण संस्थाहरुलाई चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति दिन एक अर्ब ४५ करोड ४२ लाख ४० हजार ३४ रुपैयाँ रकम एकमुष्ट उपलब्ध गराएको आयोगले जनाएको छ ।
आयोगको विवरण अनुसार सबैभन्दा बढी अनुदान पाउनेमा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । छात्रवृत्तिवापत प्रतिष्ठानले ४६ करोड ७३ लाख ९५ हजार ९७ रुपैयाँ अनुदान पाएको छ ।
त्यस्तै त्रिभुवन विश्वविद्यालयको महाराजगञ्ज चिकित्सा क्याम्पसले ३६ करोड ३७ लाख ४० हजार १९४ रुपैयाँ अनुदान पाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९ २०:१९