काठमाडौं– महालक्ष्मी विकास बैंक लि.ले सनातन धर्म संस्कृति बचाउनका लागि धर्म संस्कृतिको विशद ज्ञान भएका जनशक्ती उत्पादन गर्ने उद्देश्यले स्थापित वैद्यनाथ क्षेत्र विकास संस्थाद्वारा सञ्चालित वैद्यनाथ वेद विद्याश्रम, अछामलाई रु. एक लाख पचास हजार रूपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । बंैकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संस्थाका संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक मोतीलाल बोहोरालाई राजधानीमा आयोजित एक कार्यक्रमबीच उल्लेखित रकमको चेक हस्तान्तरण गरेका थिए । बैकले वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत विद्यार्थीहरूका लागि खाना, बास, कपडालगायत अन्य भौतिक सुविधामा सुधार होस भन्ने हेतुले उक्त सहयोग गरेको जनाएको छ ।