काठमाडौं– एनआईसी एसिया बैंकले २४ सै घण्टा सञ्चालनमा ल्याएको छ । बैंकका ग्राहकलाई कुनैपनि सहायता आवश्यक परेको खण्डमा एनआईसी एशिया सपोर्ट सेवा वर्षको ३६५ दिन नै र २४ सै घण्टासेवा दिने जनाएको छ । यस सेवाको प्रयोगका लागि सेवाग्राहीहरूले बैंकको आधिकारिक वेबसाइटमा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१, वा इमेल वा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरूसँग आङ्खना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरू राख्न सकिने बैंकका प्रमुख सूचनाअधिकारी सुधिरनाथ पाण्डेले बताए । यस सेवाको माध्यमबाट ग्राहक महानुभावहरूले बैंकलाई दिनु हुने सुझाव तथा गुनासोहरूलाई उच्च प्राथमिकताका साथ सम्बोधन गरी ग्राहक महानुभावहरूमा बिशेष लाभ पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हाल ३१३ शाखा कार्यालयहरू, ४०९ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको जनाएको छ ।