काठमाडौं– नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालन गरिदै आएको कनेक्ट आइपीएस इ–पेमेन्ट प्रणालीको मोबाइल एप्लीकेशनमार्फत प्रतिमहिना गरिने कारोवारको अधिकतम सीमालाई विद्यमान कारोवार सीमा रु.१ लाखबाट बृद्धि गरी रु. २ लाख कायम गरिएको छ । नेपाल राष्ट्र बैंक द्वारा प्रकाशितभुक्तानी प्रणाली सम्बन्धीएकीकृत निर्देशन– २०७६ को निर्देशन बमोजिम मासिक कारोवार सीमा थप गरिएको हो भने प्रति कारोबर सीमा रु ५० हजार नै कायम रहेको छ । यी बाहेक अन्य कारोबारको सीमा भने रु. १० लाख र प्रति बैंक मासिक रु ५० लाख नै यथावत राखिएको छ । थप गरिएको कारोबार सीमाले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूलाई बैंक खाताबाट गरिने डिजिटल भुक्तानी कारोबार गर्न थप सुविधा हुने अपेक्षा कम्पनीले लिएको छ ।