काठमाडौं- नेपाल बजारमा बुधबार सुन तोलामा २ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार १ सय रूपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९६ हजार ६ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार २३० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २४० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९ ११:५०