काठमाडौं- थारु कला, सँस्कृति प्रवद्र्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता मिस्टर एण्ड मिस थारु २०२२ का लागि २५ प्रतियोगी छनोट भएका छन् । ७ जिल्लाका प्रमुख शहरहरुमा सकिएको अडिसनबाट पुरुष र महिला गरि २५ जना छनोट भएका हुन् ।
यस अडिसन पश्चात छनोट भएकाहरुलाई काठमाडौं राखेर प्रशिक्षण दिईने प्रतियोगिता निर्देशक रुपेश चौधरीले जानकारी दिए । प्रतियोगिताका विजेताले नगद, क्राउनलगायतका उपहार पाउने छन् । यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो ।
पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार हुँदा मिस थारु लिभा थारु भएकी थिइन् ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९ १३:४४