काठमाडाैं - जल ब्राण्ड कम्पनिले बाथरुमा प्रयोग हुने सामग्रीहरु नेपाली बजारमा विक्री सुरु गरेकाे छ ।
सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत नेपालमा औपचारिक रुपमा भारतीय कम्पनी जुपिटर अक्वा लाइन्सले बजारमा जल ब्राण्डका विभिन्न सामग्री विक्रीवितरण सुरु गरेकाे हो ।
२५ वर्ष अघिदेखि नेपालमा विक्री वितरण गर्दै आईरहेको धारा तथा धाराजन्य वस्तुहरुको परिमार्जित सामग्रीहरुको विक्री सोमबारबाटै सुरुवात गरेको कम्पनीले जनाएकाे छ ।
सो कम्पनीले नेपालमा विक्री वितरण सुरु गरेका सामग्रीहरु अन्तर्राष्ट्रिय गुणस्तर रहेकाे बताएको छ । कम्पनिका अनुसार बाथरुपमा प्रयोग गरिने अन्य धाराहरुको तुलनामा जल ब्राण्डका धाराजन्य सामग्रीको प्रयोग गर्दा पानीको खपतमा कमी ल्याउन सकिने छ ।
जल ब्राण्डका सामग्रीहरुको विक्री वितरणको नेपालका लागि आधिकारिक विक्रेता हाईभिजन टेडिङ्ग इन्टरनेशनल प्रालिका प्रवन्ध दिल बहादुर थापाले आफूहरुले विक्री वितरणको सुरुवात गरेको जल ब्राण्डका सामानहरुको १० वर्षसम वारेटी रहेको बताउँदै अन्य सामान भन्दा गुणस्तर र सस्तो पनि भएको बताएका छन् ।
जल ब्राण्ड उत्पादक कम्पनी जुपिटर अक्वा लाइन्सका प्रमुख विवेक कपुरले नेपालमा आफूहरु बाथरुम र त्यसलाई आवश्यक पर्ने गुणस्तरीय सामग्री वितरण गर्ने र नेपालीहरुको चाहना अनुरुप नै अगाडि बढ्ने बताए । कपुरका अनुसार यो ब्राण्ड केही समयमा नै नम्बर वान बन्न सफल हुने विश्वास समेत व्यक्त गरेका थिए ।