काठमाडाैं - कुमारी बैंक लिमिटेड र होटेल शिरीषका विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
कपुरकोट नगरपालिका, वडा नम्बर ०३, सल्यानस्थित होटेल शिरीषबीच बैंकका ग्राहकहरुलाई प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हाे ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भाईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत होटेल शिरीषका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो ।
बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको सुविधा शुल्कमा १५% सम्मको छुट प्राप्त गर्न सक्ने जनाइएकाे छ ।
आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको बैंकले जनाएकाे छ।
आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता बैंकले गरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९ २०:०६