काठमाडाैं - बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लीबीच भुक्तानी सेवा सम्झौता भएकाे छ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरु समय सापेक्ष डिजिटल बैंकिङ सेवा तथा सुविधाहरु दिँदै आईरहेकोमा फोकसवान पेमेन्ट सोलुसन्स् प्रा. लि. बाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको हाे ।
यस सम्झौता पश्चात् बैंकका कार्डबाहक महानुभावहरुले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नुहुनेछ । बैंकका कार्डबाहक महानुभावहरुले कार्ड लिंक पश्चात् मोको डिजिटल वालेट मार्फत विभिन्न भुक्तानी सेवाहरुको उपभोग गर्न मिल्नेछ ।
भुक्तानी सेवाहरुमा जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्मुत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको भुक्तानी लगायतका सेवाहरुको उपभोग मिल्नेछ । साथै, बैंकका कार्डबाहकहरुले मोकोमार्फत स्क्यान गरी १५०० भन्दा बढि मर्चेन्टहरुमा भुक्तानी गर्न मिल्ने जनाइएकाे छ ।
यससँगै बैंकका कार्डबाहकहरुले आफ्नो कार्डको प्रयोग गरी विभिन्न सेवाहरुको भुक्तानी तुरुन्तै गर्न सकिने बैंकले जनाएकाे छ । बैंकका अनुसार यस सेवाको प्रयोग गर्न ग्राहकहरुले मोको डिजिटल वालेटको एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गरी आफ्नो बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड लिंक गर्नुपर्नेछ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९ ०७:४८