काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी असोज दोस्रो साता बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी कार्यसमितिको दोस्रो बैठकले असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ‘फिफा विन्डो’ अन्तर्गत मैत्रीपूर्ण खेल हुने जनाइएकाे छ ।बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २६ खेलाडीको सूची एन्फालाई पठाएका छन्।
अल्मुताइरीले एन्फालाई पठाएको खेलाडीको सूचीमा एरिक विष्ट, विकास खवास, विकास तामाङ, विशाल सुनार, दीप कार्की, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ, निरकुमार राई,पुजन उपरकोटी,राजन गुरुङ,रोशन राना मगर, सेसेहाङ आङदेम्बे, शिब गुरुङ, सुमन अर्याल,सुनिल बल, टेकेन्द्र सिंह थापा, सुरज ज्यु ठकुरी,आकाश बुढा मगर,प्रशान्त अवस्थी,जगजित श्रेष्ठ, मनिष मगर,अन्जन विष्ट,तेज तामाङ, दिनेश हेम्जन रहेका छन् ।
खिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी असोज दोस्रो साता बंगलादेशसँग घरेलु मैदानमा हुने मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षकमा नियुक्त गरेको छन् ।सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी कार्यसमितिको दोस्रो बैठकले हुमागाईंलाई प्रशिक्षकमा नियुक्त गरिएको स्राेतले जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९ १९:५०