काठमाडाैं - पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निलहरि बास्तोलाको प्यानलसहित उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
यही साउन ३० गते हुने निर्वाचनका लागि मालिगाउँस्थित टान सचिवालयमा बसेकाे बैठकले अध्यक्ष प्रत्यासी निलहरि बास्तोलाको प्यानलसहित उम्मेदवारको मनोनयन दर्ता भएको हाे ।अध्यक्षका प्रत्यासीमध्येका अब्बल ठहरिएका वरिष्ठ पर्यटन व्यवसायी निलहरि बाँस्तोलाले टान सुधार्ने र व्यवसायिक हितका लागि आगामी कार्ययोजनासहित चुनावमा जुटेका छन् ।
बास्तोला प्यानलबाट अध्यक्षमा बास्तोला वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिव होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा रहेका छन् ।
यस्तै सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की तथा महिला सदस्यमा सजना त्रिपाठीले उम्मेदवारी मनोनयन गराएका छन् ।
साे निर्वाचनका लागि समयमै उम्मेदवारी मनोनयन गरिएको जानकारी अध्यक्षमा बास्तोलाले बताएका छन् । टानको ४४औँ साधारणसभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने मतदानका लागि एक हजार दुईसय ५० मतदाता पुगेका हुन् ।
निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । उम्मेदवारको प्रथम चरणको नामावली साँझ ५ बजेसम्म प्रकाशन गरिनेछ । साउन २८ गते बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
उम्मेदवारको नाम उपर दाबी विरोधमा उजुरी दिन साउन २७ गते दिउँसो १२ बजेसम्म समयावधि तोकिएको छ ।अध्यक्षका प्रत्यासी बाँस्तोलालाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेकपा एमाले निकट पर्यटन व्यवसायी सङ्गठन र नेकपा एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी सङ्गठनले चुनावी सहकार्य गर्ने भएका छन् ।टानको केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्षसहित १७ पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन् ।
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९ ११:५१