काठमाडाैं - साताको अन्तिम कारोबार दिन ,जनैपूर्णिमामा सुनको भाउ बढेको छ । आज सुनकाे भाउ तोलामा ७०० रुपैयाँले महंगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बिहीबार सस्तिएको छापावाल सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ पुगेको छ । । हिजो सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेर प्रतितोला ९६ हजार ६०० रुपैयाँमा झरेको थियो ।
साताको अन्तिम कारोबार दिन भने चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी बिहीबारकै मूल्य अर्थात् प्रतितोला एक हजार २२५ रुपैयाँ कायम रहेको छ ।अघिल्लो कारोबार दिन भने, चाँदी तोलामा पाँच रुपैयाँले गिरावट भएको महासंघको तथ्यांकमा देखिएकाे छ ।
यो साता सुनको भाउमा तिव्र उतारचढाव देखिएको छ । साताभरमा सुनको भाउ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन यो साताको शुक्रबारसम्म आइपुग्दा तोलामा ५०० रुपैयाँले बढेको छ ।
यद्यपी साताको तीन दिन भने सुन महंगिएको थियो । साताभरकै उच्च कारोबार मूल्य आजकाे हो भने सातामा सुन सस्तो भएको दिन आइतबार र सोमबार हो । ती दिन सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि यस सातामा घटबढ भइरह्यो । अघिल्लो साताको अन्तिम कारोबार दिन, चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसरी यस साताभरमा चाँदी प्रतितोला पाँच रुपैयाँले मात्र वृद्धि भएको छ ।
मंगलबार चाँदी प्रतितोला एक हजार २४० रुपैयाँको उच्च स्तर पुगेको थियो । तर आइतबार र सोमबार भने चाँदी सस्तिदा प्रतितोला एक हजार २०५ रुपैयाँमा झरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९ १३:०९