काठमाडाैं - नेपाल सरकार र थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच छलफल भएको छ । मन्त्री र थारु कल्याणकारिणी सभाका पदाधिकारीबीच सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाण, खानेपानी मन्त्री उमाकान्त चौधरी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी र सभाका पदाधिकारीबीच छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको हाे ।
कल्याणकारिणी सभाका तर्फबाट सभाका उपाध्यक्ष देवीप्रसाद चौधरी, महामन्त्री प्रेमीलाल चौधरी र केन्द्रीय सदस्यद्वय प्रभातकुमार चौधरी तथा रुकमिणी चौधरी सहभागी थिए ।
छलफलमा उक्त सभाले सरकारसँग प्रस्तुत गरिएको मागका सम्बन्धमा कुराकानी भएको थियो । समस्या समाधानका लागि दुवै पक्षले आ–आफ्नोतर्फबाट गृहकार्य गरेर पुनः बैठक बस्ने निष्कर्षसहित आजको बैठक सकिएको गृह मन्त्रालयका प्रवक्ता फणिण्द्रमणि पोखरेलले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९ १५:४०