काठमाडाैं - एनएमबी बैंकले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेश्राे आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ ।
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. इन्टरनेशनल फाइनान्स कर्पोरेशनकाे दक्षिण एशिया क्षेत्रिय निर्देशक हेक्टर गोमेज आङ्गबीच उक्त समझदारी भएको हाे ।
यो कर्जाले हालको असहज परिवेशमा उत्पादन मुलक क्षेत्रमा कर्जा लगानी बढाउन मदत पुग्ने बैंककाे विश्वास छ ।एनएमबी बैंक चार बर्षको अवधिमा आईएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ ।
यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड–१९को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपुर्ति गर्न र उक्त क्षेत्रहरूमा नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैंकले लिएको छ।
एनएमबी बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर ' पत्रिकाद्वारा एशियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ' बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।
एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ कालागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल' प्राप्त गरिसकेको छ । हाल देशभरमा २०१ शाखाहरु, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरु रहेकाे बैंककाे जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९ १५:५४