काठमाडाैं - नेत्रहिन युवा संघ नेपालले अन्तरराष्ट्रिय युवा दिवसको असर पारेर आयोजना गरेको अन्तर कलेज वक्तृत्वकला प्रतियोगितामा कान्तिपुर इन्टरनेश्नल कलेज बिराटनगरकी छात्रा कृपा करुणा पोखरेल प्रथम भएकी छन् ।
राजनीतिमा युवा, समावेशिता राजनीति र अपाङ्गता , मेरो भोट मेरो भबिष्य भन्ने विषयमा भएको वक्तृत्वकला १५ प्रतिस्प्रर्धीलाई पछि पादै पोखरेल बिजयी भएकी हुन् ।
हाइब्रिड (भौतिक तथा अनलाइन ) माध्ययम द्वारा सम्पन्न भएको प्रतियोगितमा ९३ प्रतिस्पर्धीबाट १५ जनालाई अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । देशभरीबाट भएको प्रतियोगितामा १५ जना बिद्यार्थीहरु सहभागी थिए ।
काठमाडौ युनिर्भसीटीका सन्दीप थापा द्वितिय , जया मल्टीपल कलेजका सुग्यानी बिक बिरेन्द्र तृतीय भएका थिए भने नेश्नल कलेज धुम्बराीका सौगात वाग्ले , मेहेन्द्र मल्टीपल कलेजी छात्र बिनिता मुल्ली सतारले सान्त्वना पुरुस्कार प्राप्त गरेका थिए । वक्तृत्वकलाको निर्णायक मण्डलमा बबिता बस्नेत, धिरेन्द्र प्रेमर्षि, रमेश प्रसाई रहेको थिए ।
प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश नगद रु १५ हजार, १० हजार र ५ हजार सान्तना पुरुस्कारलाई २ हजार संगै पुस्तक र प्रमाणपत्र प्रदान गरीएको थियो । त्यस्तै प्रतियोगितामा सहभागि सबैलाई प्रमाणपत्र र पुस्तक दिइएको थियो ।
नेपाल नेत्रहिन युवा संघका अध्यक्ष कलानिधी भण्डारीको ्अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संञ्चालन नेत्रहिन युवा संघका महासचिब राम गरैले सञ्चालन गरेका थिए ।