काठमाडौं- नेपाली बजारमा आइतबार सुन तोलामा ५ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ८ रूपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९७ हजार ३ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा २५ रूपैयाँले बढेर प्रतितोला १ हजार २५० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २२५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९ १२:११