काठमाडौं- काठमाडौं महानगरपालिकाले प्रहरी बल लगाएरै बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने भएको छ । यसअघि प्रहरी बल लगाएर फोहोर व्यवस्थापन गर्न नहुने पक्षमा उभिएका मेयर साह प्रहरी बल प्रयोग गर्नैपर्ने निर्णयमा पुगेका हुन् ।
मेयरमा निर्वाचत भएलगत्तै बन्चरेडाँडा पुगेर उनले फोहोर व्यवस्थापनका नाममा मानवीय अपराधान भइरहेको भन्दै बल प्रयोग नगर्ने प्रतिवद्धता जनाएका थिए । तर, पूर्वसहमति पालनाको काम गर्दै पटक–पटक स्थानीय असन्तुष्ट समूहले फोहोर फाल्न अवरोध गरेपछि महानगरपालिका अब बल प्रयोग गर्ने निष्कर्षमा पुगेको महानगरपालिका स्रोतले बताइएको छ ।
अहिले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचलान गरिएको छ । स्थानीय बासिन्दाको अवरोध नहोस् भनेर तत्काल प्रहरी परिचालन गर्न यसअघि नै सशस्त्र प्रहरी बलको क्याम्प यसअघि नै स्थापना भएको थियो ।
शनिबार महानगरको फोहोर फाल्न थप प्रहरी सहित ३ सयभन्दा बढी प्रहरी तथा सशस्त्र प्रहरी परिचालन भएका थिए । शनिबार प्ररही केनद्रीय कार्यालय नक्सालका सहित नेपाल प्रहरीबाट २ सय ३७ परिचालित भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । थप सय जना सशस्त्र प्रहरी बल खटिएका थिए ।